बोधिचया नेपाल र ललितपुर महानगरपालिका वडा नं ५ को सहकार्यमा सुखमय जीवनको लागि आध्यात्मिक शिक्षा, संस्कृति र संस्कार विषयक अभिमुखीकरण कार्यक्रमको समापन समारोह

बोधिचर्या नेपाल र ललितपुर महानगरपालिका वडा नं. ५ को सहकार्यमा आयोजित “सुखमय जीवनको लागि आध्यात्मिक शिक्षा, संस्कृति र संस्कार विषयक अभिमुखीकरण कार्यक्रम” को समापन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले आफ्नो मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यलाई सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्‍याउने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले संस्कृतिको संरक्षण र प्रचारप्रसारबाट समाजमा सकारात्मक परिवर्तन सम्भव हुने र यस प्रकारका कार्यक्रमले व्यक्तिको जीवनमा नैतिक मूल्य र सकारात्मक सोचको विकास गर्न मद्दत गर्ने बताउनुभयो।

राज्यमन्त्री चौधरीले संस्कृति र आध्यात्मिक शिक्षाको महत्त्वलाई प्रकाश पार्दै यो प्रकारका अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुभयो। कार्यक्रममा सहभागीहरूले पनि यस अवसरलाई जीवनमा महत्वपूर्ण मार्गदर्शनको रूपमा स्वीकार गरेका थिए।

More From Author

ललितपुर, जवलाखेलस्थित सेन्ट्रल चिडियाघर (Central Zoo) अब साँझ ७ बजेसम्म खुल्ने भएपछि त्यहाँको भीडमा उल्लेखनीय वृद्धि भएको छ।

वोधिचर्या नेपाल र ललितपुर महानगरपालिका वडा नं ५ को सहकार्यमा सुखमय जीवनको लागि आध्यात्मिक शिक्षा,

Leave a Reply

Your email address will not be published. Required fields are marked *