ललितपुर २०८२ फागुन १७ — ललितपुर महानगरपालिकाद्वारा जिल्ला प्रहरी परिसर, ललितपुरलाई सवारी साधन (मोटरसाइकल) हस्तान्तरण गरिएको छ। महानगरपालिकाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले प्रहरीको सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोगस्वरूप मोटरसाइकल हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रममा बोल्दै मेयर महर्जनले शान्ति–सुरक्षा सुदृढीकरण र नागरिकको दैनिकीलाई सुरक्षित बनाउने दायित्वमा स्थानीय सरकार सधैं प्रहरी प्रशासनसँग सहकार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले महानगरभित्र बढ्दो सहरीकरणसँगै सुरक्षाका चुनौती पनि बढ्दै गएकाले प्रहरीको गतिशीलता र द्रुत परिचालनका लागि सवारी साधन अत्यावश्यक रहेको बताउनुभयो।

उक्त अवसरमा ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रशाद अधिकारीले प्रहरी प्रशासनलाई उपलब्ध गराइएको सवारी साधनले अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षाको कार्यमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीय तह र जिल्ला प्रशासनबीचको सहकार्यले सुशासन र सुरक्षालाई मजबुत बनाउने धारणा राख्नुभयो।

प्रमुख जिल्ला अधिकारी अधिकारीले कार्यक्रममै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटी, प्रमुख — जिल्ला प्रहरी परिसर ललितपुरलाई सवारी साधनको चाबी हस्तान्तरण गर्नुभयो।

एसएसपी बोगटीले महानगरपालिकाप्रति आभार व्यक्त गर्दै उपलब्ध सवारी साधनलाई नागरिक सुरक्षाका लागि प्रभावकारी रूपमा परिचालन गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई अझ सुदृढ बनाउँदै अपराध न्यूनीकरणमा सक्रिय रहने बताउनुभयो।

कार्यक्रममा महानगरका जनप्रतिनिधि, प्रहरी अधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

बागमती गाउँपालिकाका बालबालिकालाई १०३ जोर जुत्ता तथा झोला उपहार

आरम्भिक प्रि-स्कुलको दोस्रो वार्षिकोत्सव सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts