ललितपुर सुन–चाँदी व्यवसायी संघका अध्यक्ष सुबिन बज्राचार्य सम्मानित

ललितपुर।

ललितपुर सुन–चाँदी व्यवसायी संघको भर्खरै सम्पन्न पाँचौँ अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका श्री सुबिन बज्राचार्यज्यूलाई आज बौद्ध विहार संघद्वारा आयोजित स्वर्ण जयन्ती वर्ष समापन समारोहमा सम्मान गरिएको छ।

समारोहका विशेष क्षणमध्ये, बौद्ध विहार संघका अध्यक्ष करुणा रत्न बज्राचार्यज्यूले नवनिर्वाचित अध्यक्ष सुबिन बज्राचार्यलाई अभिनन्दनपत्र र अंगवस्त्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो।

अध्यक्ष करुणा रत्न बज्राचार्यले सुबिन बज्राचार्यको सुन–चाँदी व्यवसाय क्षेत्रको विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा सामाजिक–सांस्कृतिक क्षेत्रमा सक्रिय योगदानको उच्च प्रशंसा गर्नुभयो।

सम्मान ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष सुबिन बज्राचार्यले बौद्ध विहार संघप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संस्थालाई थप सुदृढ बनाउन, व्यवसायीको सुरक्षा, पारदर्शिता र व्यवस्थापन सुधारमा आफू प्रतिबद्ध रहेको बताउनुभयो।

More From Author

ललितपुर सुन–चाँदी व्यवसायी संघको १३ औँ वार्षिक साधारण सभा तथा ५ औँ अधिवेशन सम्पन्न

बौद्ध विहार संघ यलका पूर्व अध्यक्ष पुष्परत्न शाक्यज्यूको बहुआयामिक योगदान : सम्मानित

Leave a Reply

Your email address will not be published. Required fields are marked *