नेपालभाषा एकेडेमीद्वारा प्रतिष्ठित ‘दान्यहिरा सिरपा’ प्रदान

ललितपुर, कार्तिक १ — नेपालभाषा एकेडेमीया ग्वसालयका दाता भाजु यज्ञरत्न धाख्वां निस्वनामातः स्थापित ‘नेपालभाषा साहित्य वाङ्मय ख्यःया छगू प्रतिष्ठित दान्यहिरा सिरपा’ शनिबार एकेडेमी परिसरमा आयोजना गरिएको समारोहमा प्रदान गरिएको छ।

नेपालभाषा साहित्य तथा संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकी मोतिलक्ष्मी शाक्यलाई यस वर्षको दान्यहिरा सिरपा प्रदान गरिएको हो। त्यस्तै, संगीत तथा कलाको क्षेत्रमा योगदानका लागि मदनकृष्ण श्रेष्ठलाई, र विज्ञान प्रविधिको क्षेत्रमा योगदानका लागि जीवन श्रेष्ठलाई सिरपा प्रदान गरिएको एकेडेमीले जनाएको छ।

कार्यक्रममा नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के. सुन्दर प्रमुख अतिथिका रूपमा उपस्थित थिए। सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा नेपालभाषा एकेडेमीका संरक्षक एवं सिरपाका दाता यज्ञरत्न धाख्वां विशेष अतिथिका रूपमा सहभागी थिए।

सिरपा सिफारिस समितिका तर्फबाट साहित्य शाखाबाट भूषणप्रसाद श्रेष्ठ, सुरेशकिरण तथा शरद कसाः, संगीत शाखाबाट पवित्र कसाः, रिता महर्जन तथा बीरेन्द्र शाक्य, र विज्ञान प्रविधि शाखाबाट डा. दिनेशराज भुजू, डा. रोजिना मास्के तथा डा. त्रिरत्न मानन्धर चयन समितिमा रहेका थिए।

सिरपाको नापं (आयोजन) तथा व्यवस्थापनका कार्यहरू एकेडेमीकी म्हसीका दीइपिनी, र सिरपा विषयक समन्वय कार्यहरू भाइस चान्सलर तथा सिरपा समिति प्रमुख डा. पुष्पराज राजकर्णिकारले सम्पादन गरेका थिए।

More From Author

हालै मात्र कुमारीको रूपमा नियुक्त भएकी आर्यतारा शाक्य

श्री उजोत देव संस्कारित वनबहाः (वलाबहाः) बिहारया मूदेगः पुनःनिर्माणया ज्या सु-सम्पन्नया लसताय्

Leave a Reply

Your email address will not be published. Required fields are marked *