हिरण्यवर्ण महाविहार तारेमाम् संघ, नागबहाद्वारा आगामी वर्ष २०८३ मा बु.सं २५७० औं बुद्ध जयन्ती हीरक समारोह गर्दै

प्रेस विज्ञप्ति

हिरण्यवर्ण महाविहार तारेमाम् संघ, नागबहाद्वारा आगामी वर्ष २०८३ मा बु.सं २५७० औं बुद्ध जयन्ती हीरक समारोह भव्य रुपमा मनाउन हिरण्यवर्ण महाविहार तारेमाम् संघका अध्यक्ष श्री हेराकाजी शाक्यको अध्यक्षतामा १८ वटा विभिन्न उप-समितिहरु गठन सहित ३०० जनाको बुद्ध जयन्ती हीरक समारोह समिति २५७० गठन गरिएको छ। त्यस समारोह समितिले वर्षभरी धार्मिक, सामाजिक, साँस्कृतिक, स्वास्थ्य सेवा, धर्मदेशना, प्रवचन, बौद्ध प्रदर्शनी आदि विभिन्न रचनात्मक कार्यक्रमहरुको आयोजना हुँदैआईरहेको क्रममा आज ‘दुर्लभ कथिन चीवर दान उत्सव” कार्यक्रम विषय सम्बन्धमा पत्रकार सम्मेलनको आयोजना भइरहेको जानकारी गराउँदछु ।

विषय प्रवेश

नेपालको लुम्बिनी उपबनमा जन्म हुनुभएका सिद्धार्थ बोधिसत्वले ३५ वर्षको उमेरमा बुद्धगयामा सम्बोधिज्ञान लाभगरी सम्यक सम्बुद्ध हुनु भएपछी उहाँले ४५ वर्षसम्म अविरल रुपले धर्मचक्र प्रवर्तन गर्नुभई देव ब्रह्मा सहित प्राणीहरुलाई दुःखको भवचक्रबाट मुक्तिमार्गको उपदेश दिनुभयो ।

उहाँको उपदेशद्वारा सद्धर्म लाभगरी दुर्लभ मनुष्य जन्म सार गर्न पाइरहेका छौ । यस सद्धर्मलाई चिरस्थायी गरीराख्न भगवानबुद्धले भिक्षु भिक्षुणीहरुको अतिरिक्त उपासक र उपासिकाहरुलाई पनि शासनको जिम्मेवारी दिइराख्नु भएको छ । सो जिम्मेवारीको रुपमा बुद्धशासनमा प्रव्रजितहरुको निम्ति विनयअनुसार अष्टपरिष्कार तथा चतुप्रत्यय अथांत चार प्रकार आधारभूत आवश्यकता चीवर, पिण्डपात्र (भोजन), गिलानप्रत्यय (औषधी) र वासस्थान (विहार) उपासक उपालिकाहरुबाट प्राप्त भई उपभोग गरी प्रव्रजितहरुले धर्माचरण गरेर मार्गफल साक्षात्कार गर्ने हुन्छ । प्रवजितहरुको जीवन धान्न चतुप्रत्यय अति आवश्यक वस्तु हो । सोही कारणले भगवान् बुद्धले बुद्धत्व लाभगरी केही समय पश्चात मगधका सेनानी महाराज विम्बिसारले आफ्‌नो वेलुवनमा विहार निर्माण गरी भगवान् बुद्धसहित भिक्षुहरुको निमित्त प्रदान गर्नु भएको थियो भने । बुद्धको समयमा पहिलो पल्ट महाप्रजापति गौतमीले आफ्‌नै हातले चीवर वस्त्र तयार गरी भगवान् बुद्धलाई चढाउने भएको वर्णन बुद्धशासन इतिहासमा उल्लेख गरिएको छ ।

नेपालमा स्थविरवाद बुद्धधर्म पुनः जागरणपछि नेपालको बुद्धशासन इतिहासमा नेपालका प्रथम संघनायक श्रद्धेय भिक्षु प्रज्ञानन्द महास्थविरले भिक्षुहरुको वर्षावासको उपलक्ष्यमा ‘कथिन दान उत्सव” शुभारम्भ भए संगै ४९ वर्ष अघि उहाँकै समयमा वि सं. २०३३ साल आश्विन २९ गतेका दिन किर्तिपुरस्थित नगरमण्डप श्रीकिर्ति विहारमा “दुलभ महान कथिन चीवर दान उत्सव” पहिलो पटक आयोजना गरिएको उल्लेख पाइन्छ । यस किसिमको कथिन चीवर दान बुद्ध-भूमि नेपालमा अहिलेसम्म एक पटक मात्र सम्पन्न भएको र त्यसपछि आयोजना हुन नसकिरहेको बुझिन्छ ।

त्यस अनुसार यस वर्ष दोस्रो पटक बुद्ध जयन्ती हीरक समारोह समिति २५७० को आयोजनामा “दुर्लभ महान कथिन चीवर दान उत्सव” यहि आश्विन २०२ २१ गते आयोजना हुनगईरहेको छ

उक्त “दुर्लभ महान कथिन चीवर दान उत्सव आयोजना तयारी व्यवस्थापन गर्नको लागि एक महिना अघि देखि कपासबाट धागो काट्‌ने तालिम संचालन भइरहेको छ ।

श्रद्धालु सद्धर्मप्रेमीमहानुभाबहरुलाई सहभागीभई पुण्य संचय गराउने उद्देश्यले कठिन दानको आनिशंस र महत्वबारे जनमानसमा’ प्रचार प्रसार गर्ने हेतुले आज मिति २०८२ आश्विन १२ गते आईतवारका दिन यस नागबहाल भंसाछेमा कचिन चीवर दान उत्सव सम्बन्धमा पत्रकार सम्मेलनको आयोजना भईरहेको छ ।

“दुर्लभ महान कथिन चीवर दान उत्सव कार्यक्रम संयोजन तथा प्रमुख दाताको रुपमा बुद्ध जयन्ती हीरक समारोह समिति २५७० अन्तर्गत दुर्लभ महान कथिन उत्सव उप-समिति संयोजक श्री बोधिरत्न शाक्य पौसाज्यूले व्यवस्थापन भूमिका निभाई राख्नु भएको छ ।

More From Author

काठमाडौंका साँघुरा गल्लीहरूमा केही दिनदेखि एकै स्वर गुन्जिरहेको थियो—

इटुम्बहालकी आर्यतारा शाक्य नवकुमारीको रूपमा आसन ग्रहण

Leave a Reply

Your email address will not be published. Required fields are marked *