नेपाली किसानको माग: असोज ६ पछि भारतीय केरा आयात बन्द गरियोस्

चितवन असोज २ -ः नेपाली केरा उत्पादक किसानहरूले असोज ६ गतेपछि भारतीय केरा आयात पूर्ण रूपमा बन्द गर्न माग गरेका छन्। बोटमै पाकेर कुहिन थालेको अवस्थाले बजार संकट उत्पन्न भएपछि नेपाल केरा उत्पादक महासंघले यो अल्टिमेटम दिएको हो।

महासंघका अनुसार किसानहरू प्रतिकिलो ३–४ रुपैयाँमै केरा बेच्न बाध्य छन्। वार्षिक करिब ६ लाख मेट्रिक टन उत्पादन हुने नेपालकै उत्पादन आन्तरिक माग धान्न पर्याप्त भए पनि भारतीय केरा सस्तो मूल्यमा आयात हुँदा नेपाली किसान मारमा परेको गुनासो गरिएको छ।

बर्दियालगायतका किसानहरूले भारतीय केराले बजार ओगट्दा आफ्ना उत्पादन बेच्नै नसक्ने अवस्था आएको बताएका छन्। आयात रोक्ने माग पूरा नभएमा सडकमै उत्रिने चेतावनी समेत महासंघले दिएको छ।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

बजार छैन भनेर बिजुली उत्पादन रोक्नु हुँदैन, नत्र १० वर्षपछि ठूलो समस्या आउँछ : ऊर्जामन्त्री घिसिङ

पहिलो दिन घटस्थापनाका अवसरमा घरघरमा दियो, कलश र गणेश स्थापनासहित शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आराधना

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts