
काठमाडौँ भाद्र २९ -ः ‘जेन–जी आन्दोलन’का क्रममा भाद्र २३ र २४ गते मृत्यु भएका सहिदहरूको शवयात्रा आज सम्पन्न । शवयात्रा टिचिङ अस्पतालबाट सुरु भई महाराजगन्ज, चाबहिल हुँदै पशुपति आर्यघाटसम्म पुग्यो।
आजै नेपाली सेनाले आफ्ना हवाई साधन प्रयोग गरी ६ जना सहिदहरूको शव अन्तिम संस्कारका लागि सम्बन्धित जिल्लामा पुर्याएको छ। सेनाको हेलिकोप्टरमार्फत सुनसरीको धरान, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्लामा शव लगिएको हो।

