प्रेस बिज्ञप्ति

प्रेस बिज्ञप्ति

ललितपुर चेम्बर अफ कमर्सले हालै देशभर भएको आन्दोलनका क्रममा ५१ जना भन्दा बढि जनधनमा भएको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै चेम्बरले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै आन्दोलनको क्रममा ऐतिहासिक धरोहर, सार्वजानिक एँव निजी सम्पतीमा आगजनी, तोडफोडबाट अपुरणिय क्षति भएकोले चेम्बर मर्माहत भएको छ।

आन्दोलनका क्रममा औद्यौगिक र व्यवसायिक क्षेत्रमा गम्भिर क्षति भएको उल्लेख गर्दै चेम्बरले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा सम्वाद, सहकार्य र संयमता अपनाउन सरोकारवाला निकायहरुको गम्भीर ध्यानाकर्षण गराएको छ । नतपुर चेर

भ्रष्टाचार निवारण, सुशासन कायम, कायम, राज्य राज्य संयन्त्रको संयन्त्रको पारदर्शिता, पारदर्शि रोजगारी सिर्जना र सरकारी सेवामा नागरिकको सहज पहुँच जस्ता जेनजीले उठाएका विषयहरुलाई सबै सरोकारवालाले गम्भिरतापूर्वक लिनुपर्ने आजको आवश्यक्ता भएका चेम्बरको धारणा रहेको छ ।

आन्दोलनका क्रममा भएको जनधनको ठूलो क्षतिले देशमा थप निराशा फैलाउने, औद्योगिक तथा व्यवसायिक वातावरणमा खल्बल्याउने र लगानीमैत्री वातावरणमा प्रतिकूल असर पार्ने भएकोले सबै सरोकारवाला पक्ष संयमित बनेर निकास खोज्नुपर्नेमा चेम्बरले जोड दिएको छ । देशको यस बिषम परिस्थिती एव आउदै गरेको दशैं लाई समेत मध्य नजर राखी सम्पूर्ण उद्यमी, व्यवसायीहरु संयमित एव सुरक्षितभई आ-आफ्नो व्यवसाय संचालन गर्नु हुन चेम्बर अनुरोध गर्दछ । साथै प्रथम महिला प्रधानमन्त्री श्री शुशीला कार्की ज्यूको नेतृत्वमा गठनभएको नयाँ सरकारले नेपालमा शुशासन, शान्ति, भ्रष्टाचार मुक्त सामाज र आर्थिक बिकास गर्दै नयाँ नेपालको श्रृर्जना गर्नेमा सफलता मिलोस भन्ने शुभकामना ब्यक्त गर्दछौं ।

जय नयाँ नेपाल

भवदीय

पुष्प रत्न शाक्य

अध्यक्ष

More From Author

Information about jewelry training by Lalitpur gold and silver merchant

Information about jewelry training by Lalitpur gold and silver merchant

Leave a Reply

Your email address will not be published. Required fields are marked *