क्षतिग्रस्त मंगलबजार प्रहरी प्रभाग

ललितपुर, भाद्र २९-ः मंगलबजार ।
आन्दोलनको क्रममा क्षतिग्रस्त मंगलबजार प्रहरी प्रभागले सीमित स्रोत साधनकै भरमा पुनः जनसेवामुखी कार्य सञ्चालन थालेको छ।

आज आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, टोल सुधार समिति, जातीय समाज, ललितपुर उद्योग वाणिज्य संघ , ललितपुर सुनचांदी व्यबसायी संघ लगायत विभिन्न व्यवसायिक संघ–संस्था, सञ्चारकर्मी तथा समाजसेवीहरुको उपस्थितिमा प्रभागलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ।

कार्यक्रममा सहभागी सबै सरोकारवालाले अघिल्ला दिनमा जस्तै समुदाय–प्रहरी हातेमालो गर्दै शान्ति, सुरक्षा र सेवा प्रवाहलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन्।

More From Author

श्री बसुन्धरा देवीया ब्रत बारे जानकारी दिदै खेमराज शाक्य- पद्मावति महाबिहार न: बहा: यल २० ललितपुर

नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको इतिहास

Leave a Reply

Your email address will not be published. Required fields are marked *