Lalitpur Metropolitan City-16 Chairman Nirmal Ratna Shakya hands over statue of Indra Dev

ललितपुर भाद्र २१ -ः ललितपुर महानगरपालिका–१६ का अध्यक्ष निर्मल रत्न शाक्यज्यूको विशेष पहलमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको ईन्द्र देवको मुर्ति आज औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।

यस अवसरमा अध्यक्ष शाक्यज्यूले भन्नुभयो — “हाम्रो सम्पदा, देवदेवीका मूर्तिहरू केवल पूजाआजा मात्र होइन, सिंगो समाजलाई एकताबद्ध बनाउने आधार हुन् । ललितपुरको पहिचान यसको संस्कृति र सम्पदामा निहित छ, त्यसैले यसलाई जोगाउन सबैको सहभागिता जरुरी छ।”

उक्त मूर्ति हस्तान्तरण कार्यक्रममा स्थानीय समुदाय, प्रतिनिधि, समाजका अगुवाहरू तथा सम्पदा संरक्षणमा सरोकार राख्ने व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

More From Author

परीक्षा (SEE) तथा प्लस टु (+2 Level) संबोधन गर्दै ललितपुर महानगरपालिका ५ का अध्यक्ष बिकासमान श्रेष्ठ

खोला किनार मापदण्डमा पीडितहरूको मोटरसाईकल र्याली

Leave a Reply

Your email address will not be published. Required fields are marked *