
ललितपुर महानगरपालिका वडा नं. ५ कार्यालय
महालक्ष्मीस्थान, ललितपुर, बागमती प्रदेश, नेपाल

ललितपुर महानगरपालिका वडा नं. ५ कार्यालयले शैक्षिक सत्र २०८१ मा माध्यामिक शिक्षा परीक्षा (SEE) र प्लस टु (+2) स्तरमा उर्त्तीण भएका विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रम २०८२ आयोजना गरेको छ।

कार्यक्रममा यस वर्ष +2 पास गरेका विद्यार्थीहरू मध्ये प्राथना श्रेष्ठ, रिदिमा सिंह डंगोल, अर्निभा नेम्कुल, दिक्षण पौडेल, संयम श्रेष्ठ, सक्षम श्रेष्ठ, आरोन श्रेष्ठ, ईस्तिका गजुरेल, आयुष्मा ढुङ्गाना, मनिष लामगाडे सुनार, मोहक देवकोटा, सुमित शरण तामाङ, अनन डंगोल, ओजस्वी थापा लगायतका विद्यार्थीहरूलाई नगद र प्रसंशा पत्र द्वारा संम्मान गरिएको थियो।
त्यस्तै, २०८१ को एसईईमा उत्कृष्ट परिणामसहित उर्त्तीण भएका विद्यार्थीहरू मध्ये सन्तोष कपाली, अर्णभ सिल्पकार, श्रीजा ढुंगाना, सुकृती ढुंगाना, एन्जला थापा, प्रनय अमात्य, श्रीयास महर्जन, ओजस्वी थापा आदिलाई पनि नगद र प्रसंशा पत्र द्वारा सम्मान गरिएको छ।

यस अवसरमा एशियाली एथ्लेटिक्स तथा सुगठन प्रतियोगितामा स्वर्ण पदक र कास्य पदक प्राप्त गरी वडा नं. ५ लाई अन्तर्राष्ट्रिय स्तरमा गौरवान्वित बनाउने उर्मीला श्रेष्ठज्यूलाई पनि विशेष बधाई तथा सम्मान गरिएको थियो।कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाकी उप–मेयर मञ्जली शाक्य बज्राचार्य ले सम्मानित विद्यार्थी र खेलाडीलाई शुभकामना दिँदै भन्नुभयोः
“शिक्षा र खेलकुद दुवै क्षेत्रमा देखिएको तपाईहरूको उपलब्धि हाम्रो नगरको गौरव हो। यसले भावी पुस्तालाई प्रेरणा दिनेछ। नगरपालिकाले विद्यार्थीको शैक्षिक यात्रा र खेलकुद क्षेत्रको विकासमा निरन्तर सहयोग गर्नेछ।”
कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. ५ का अध्यक्ष विकासमान श्रेष्ठले “बाजा बजाउन सिक्नु पनि सांस्कृतिक धरोहरको रक्षा हो” भन्दै यस वर्ष २४ जनाले तालिम लिएर बाजा बजाउने सीप सिकेको र आगामी वर्ष थप विद्यार्थीलाई यस कार्यक्रममा सहभागी गराइने जानकारी दिनुभयो। उहाँले शिक्षा, खेलकुद र सांस्कृतिक चेतनाको विकासलाई वडा स्तरमै निरन्तर प्रोत्साहन गर्दै जाने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो। कार्यक्रममा वडाका, जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।