ललितपुर महानगरपालिका १६ को ऐतिहासिक पाटी जीर्ण, भत्किने खतरा

ललितपुर भाद्र १३ -ः ललितपुर महानगरपालिका–१६”, ईखालखुस्थित भजन मन्डल चोकको पाटी जीर्ण बन्दै गएको छ । लाखौँ मानिस ओहोरदोहोर गर्ने व्यस्त चोकमा रहेको यो पाटी भत्किनै लागेको अवस्थामा पुगेको छ ।

स्थानीयवासीका अनुसार लामो समयदेखि संरक्षण, मर्मत र जीर्णोद्धारको काम नहुँदा पाटीको ढलान, काठका स्तम्भ र छाना कमजोर भइसकेका छन् । भीडभाड हुने क्षेत्रमा रहेको पाटी कुनै बेला यात्रु तथा बटुवाहरूलाई विश्राम दिने महत्वपूर्ण सार्वजनिक स्थलका रूपमा परिचित थियो ।

सम्पदामैत्री शहरका रूपमा परिचित ललितपुरमा यस्तो ऐतिहासिक पाटी संरक्षणविहीन हुँदा स्थानीयले चिन्ता व्यक्त गरेका छन् । उनीहरूका अनुसार पाटी तत्काल मर्मत नहुँदा कुनै दिन ठुलो दुर्घटना निम्तिन सक्ने खतरा बढेको छ ।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकहरूको लोकार्पण समारोह सम्पन्न

LMC Hatbazaar App Launch and Entrepreneurship Orientation Program for Public Representatives

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts