कालो ट्यांकी” होइन — तंग: बहा: र तंग हिति भन्ने गरौं।

ललितपुर भाद्र ४ -ः ललितपुर महानगरपालिका–१२ मा अवस्थित ऐतिहासिक तंग: बहा: (तंगबहाल) र तंग हिति जस्ता सांस्कृतिक तथा पुरातात्त्विक महत्वका स्थानहरू आजभोलि “कालो ट्यांकी” को नामले बढी चिनिन थालेका छ।

यसको मुख्य कारण यस क्षेत्रमै निर्माण गरिएको ठूलो कालो रंगको पानी ट्यांकी हो, जुन खानेपानी वितरणका लागि बनाइएको हो। तर, यस आधुनिक संरचनाको नामले यस क्षेत्रको मौलिक ऐतिहासिक नामहरू ओझेलमा पार्न थालेको छ।

यो प्रवृत्ति चिन्ताजनक छ — किनभने यसले परम्परा, सांस्कृतिक पहिचान, र स्थानको ऐतिहासिक स्मृतिलाई मेटाउँदै लाने खतरा पैदा गर्छ।
• तंग: बहा: परम्परागत नेवारी बौद्ध विहार हो, जसको इतिहास सयौं वर्ष पुरानो छ।
• तंग हिटी: परम्परागत ढुंगे धारा हो, जहाँ पहिले स्थानीय समुदाय पानी पिउन प्रयोग गर्दै आईरहेका छन ।

यी सम्पदाहरू हाम्रो सांस्कृतिक पहिचानका आधारस्तम्भ हुन्।
स्थानीय तह, समुदाय, र युवाहरू मिलेर यस्ता नाम, स्मृति र संरचनाहरूको संरक्षण गर्नु हाम्रो कर्तव्य हो।

👉 “कालो ट्यांकी” होइन — तंग: बहा: र तंग हिति भन्ने गरौं।
👉 अतीतको नाम मेटाउँदा, हाम्रो भविष्य पनि अध्यारो हुन्छ।

More From Author

नाडा अटो शो २०२५ मा नेपालकै पहिलो उड्ने ट्याक्सी (eVTOL) सार्वजनिक

पञ्चदानको पूर्वसन्ध्या — स्वयम्भूमा “जुग चा” को रात

Leave a Reply

Your email address will not be published. Required fields are marked *