स्वास्थ्य मन्त्रालयद्वारा “स्वर्णप्राशन आयुर्वेदिक थोपा” अभियान सुरु – बालबालिकाको प्रतिरक्षा बलियो बनाउने उद्देश्य

काठमांडौं भाद्र ३ -ः नेपाल सरकार स्वास्थ्य मन्त्रालयले साना बालबालिकाका लागि एक नयाँ आयुर्वेदिक स्वास्थ्य अभियान सुरु गर्ने घोषणा गरेको छ। अभियानअन्तर्गत “स्वर्णप्राशन आयुर्वेदिक थोपा” नामक औषधि देशभरका बालबालिकालाई नियमितरूपमा सेवन गराइनेछ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलको नेतृत्वमा सुरु गरिएको यस कार्यक्रमको उद्देश्य बालबालिकाको प्रतिरोधात्मक क्षमता (इम्युनिटी) वृद्धि गर्नु हो। यसका लागि मन्त्री पौडेलले निर्देशनात्मक नीति (गाइडलाइन) पनि स्वीकृत गरिसकेका छन्।

स्वर्णप्राशन आयुर्वेदको “लेह कल्पना” भन्ने विधाअन्तर्गतको औषधि हो।

यसमा “स्वर्णभस्म” (सुनको भस्म/भस्मीकृत रूप), घ्यू र मह मिसाएर बनाइन्छ।
डा. शारदा खनालका अनुसार, यो मिश्रण बालबालिकालाई सानैदेखि दिइने परम्परा आयुर्वेदमा लामो समयदेखि प्रचलनमा छ। यसले मानसिक तथा शारीरिक विकासमा सहयोग पुर्‍याउने विश्वास छ।

स्वर्णप्राशन दिँदा भनिन्छ कि: रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।स्मरण शक्ति तथा एकाग्रता वृद्धि गर्छ।पाचन शक्ति सुधार गर्छ।शारीरिक बल र मानसिक स्फूर्तिमा मद्दत पुर्‍याउँछ।

More From Author

यल: मतया: गणेश पूजा मंगलबजार ललितपुर Yala: Mataya: Ganesh Puja Mangalbazar Lalitpur

नाडा अटो शो २०२५ मा नेपालकै पहिलो उड्ने ट्याक्सी (eVTOL) सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *