ललितपुरको मङ्गलबजारमा भव्य रूपमा भिंद्यो जात्रा सम्पन्न

ललितपुर, भाद्र २ –
ललितपुरको मङ्गलबजार मा साँझ परम्परागत भिंद्यो जात्रा भव्य रूपमा सम्पन्न गरिएको छ। व्यापार र सम्पन्नताको प्रतीक मानिने भिंद्यो देवताको सम्मानमा भाद्र कृष्ण नवमीका दिन हरेक वर्ष गरिने यो जात्रामा सांस्कृतिक भव्यता, धार्मिक आस्था, र नेवार समुदायको सहभागिता विशेष रहन्छ।

भिंद्योको नगर परिक्रमा। साँझ करिब ७:३० बजेदेखि खटमा विराजमान मूर्तिलाई मङ्गलबजार क्षेत्रबाट आरम्भ गरी हखा, सुन्धारा, ओकुबहाल, थैना, पूर्णचण्डी, गाःबहाल, पिमबहाल, बङ्गलामुखी, कोबहाल हुँदै पुनः मङ्गलबजारमा भित्र्याइने परम्परा अनुसार जात्रा सम्पन्न भोली पल्ट विहानको ४.५९ गरिएको हो। भिंद्योको खट बोक्नेहरु बिभिन्न संस्थाको तार मा अल्झेको कारण धेरै चोटपटकसहित घाइते भएको जनाइएको छ ।

सांस्कृतिक वातावरणमा ‘भिंद्यो महाराजकी जय!’ नाराका साथ मूर्ति बोकिँदा परिक्रमा मार्गभर बत्ती बालिएको, धूप जलाइएको, धिमे–नगरा र भजन–किर्तनले वातावरण गुन्जायमान भएको थियो।

काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट आएका हजारौँ भक्तजनहरूले मन्दिर परिसरमा दर्शन गरेका थिए। पाटनमा रहेका चार प्रमुख भिंद्यो मन्दिरहरू—च्यासल, सुन्धारा, छयबहाल र मुख्य मङ्गलबजार—मध्ये मङ्गलबजारकै मन्दिरमा जात्रा आयोजना गरिएको हो।

भीमसेन जात्राले धार्मिक आस्था, सांस्कृतिक सम्पदा, समुदायको ऐक्यबद्धता र आर्थिक प्रतीकत्वलाई एकैसाथ अभिव्यक्त गर्छ। सुगन्धित धूप, बाजागाजा, भजनकिर्तन र स्थानीय सहभागिताले पाटनको यो सांस्कृतिक निधिलाई झन सजीव तुल्याएको छ।

More From Author

नेपालभाषा एकेडेमि व यलमहानगरपालिकाया न्ह्यब्वया खःप्याखं

यल: मतया: गणेश पूजा मंगलबजार ललितपुर Yala: Mataya: Ganesh Puja Mangalbazar Lalitpur

Leave a Reply

Your email address will not be published. Required fields are marked *