राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं, साउन १९ —

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सोमबार सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी नन-ग्रेड (NG) भएका छन्।

यस वर्ष परीक्षा ११ बैशाखदेखि सुरु हुने तालिका भए पनि आन्दोलनका कारण परीक्षा २१ बैशाखबाट सुरु भएको थियो। परीक्षामा देशभरबाट ५ लाख ११ हजार ५ सय २५ जना परीक्षार्थी सहभागी भएका थिए।

बोर्डका अध्यक्ष महाश्रम शर्माले नतिजा सार्वजनिक गर्ने क्रममा पूरक परीक्षासम्बन्धी जानकारी पनि दिएका छन्। उनका अनुसार, आगामी भाद्र २८ र २९ गते ग्रेड सुधार (पूरक) परीक्षा सञ्चालन हुने भएको छ। पूरक परीक्षामा अधिकतम दुई विषयमा ‘D+’ भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थी सहभागी हुन सक्नेछन्।

More From Author

ललितपुर -ः वास्तवमा सुनको गहना बनाउने प्रक्रियामा केही परिमाणमा सुनको तौल घट्न सक्छ। यो घट्ने तौललाई प्रायः “(wastage)” वा “जर्ति” भनिन्छ।

मा. श्री इन्द्रबहादुर बानियाँलाई बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीको रुपमा नियुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *