आज देशभर नागपञ्चमी पर्व श्रद्धा र भक्तिसाथ मनाइँदै

आज श्रावण शुक्ल पञ्चमीका दिन नेपालभर नागपञ्चमी पर्व परम्परागत र धार्मिक विधिअनुसार मनाइँदैछ। साउन महिना अधिकमास परेकाले यो वर्ष यो पर्व भदौ महिनामा परेको हो। नागपञ्चमीको दिन घरको मूल ढोकामा नागको चित्र टाँसी, नाग–सर्पको पूजा गरी विभिन्न परिकारहरू चढाउने गरिन्छ।

धार्मिक विश्वास अनुसार, यसरी पूजा गरेपछि वर्षभर घरमा नाग, सर्प, बिच्छी जस्ता जीवले दुःख नदिने, साथै अग्नि, चट्याङ र बाढी जस्ता प्राकृतिक प्रकोपबाट पनि सुरक्षा प्राप्त हुने मानिन्छ।

पूजामा गाईको दूध, दुबो, अक्षता, खीर, रोटी आदि चढाइन्छ भने नागको चित्र ढोकामा टाँसिन्छ। पूजा गर्न सकिने प्रमुख स्थलहरूमा काठमाडौँको नागपोखरी, टौदह, र भक्तपुरको नाग पोखरी (दुगु हिटी) लगायत देशभरका नागदह, कुण्ड, तथा नाग मन्दिरहरू पर्दछन्।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

पूर्व अध्यक्षस्व. बुद्धि राज बज्राचार्यज्यूको श्रद्धाञ्जली सभा ललितपुर उद्योग वाणिज्य संघ ललितपुर

स्व. बुद्धिराज बज्राचार्यको योगदान अविस्मरणीय : ललितपुरका व्यवसायीहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts