आज देशभर नागपञ्चमी पर्व श्रद्धा र भक्तिसाथ मनाइँदै

आज श्रावण शुक्ल पञ्चमीका दिन नेपालभर नागपञ्चमी पर्व परम्परागत र धार्मिक विधिअनुसार मनाइँदैछ। साउन महिना अधिकमास परेकाले यो वर्ष यो पर्व भदौ महिनामा परेको हो। नागपञ्चमीको दिन घरको मूल ढोकामा नागको चित्र टाँसी, नाग–सर्पको पूजा गरी विभिन्न परिकारहरू चढाउने गरिन्छ।

धार्मिक विश्वास अनुसार, यसरी पूजा गरेपछि वर्षभर घरमा नाग, सर्प, बिच्छी जस्ता जीवले दुःख नदिने, साथै अग्नि, चट्याङ र बाढी जस्ता प्राकृतिक प्रकोपबाट पनि सुरक्षा प्राप्त हुने मानिन्छ।

पूजामा गाईको दूध, दुबो, अक्षता, खीर, रोटी आदि चढाइन्छ भने नागको चित्र ढोकामा टाँसिन्छ। पूजा गर्न सकिने प्रमुख स्थलहरूमा काठमाडौँको नागपोखरी, टौदह, र भक्तपुरको नाग पोखरी (दुगु हिटी) लगायत देशभरका नागदह, कुण्ड, तथा नाग मन्दिरहरू पर्दछन्।

More From Author

पूर्व अध्यक्षस्व. बुद्धि राज बज्राचार्यज्यूको श्रद्धाञ्जली सभा ललितपुर उद्योग वाणिज्य संघ ललितपुर

स्व. बुद्धिराज बज्राचार्यको योगदान अविस्मरणीय : ललितपुरका व्यवसायीहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *