अमर स्रष्टा स्वतन्त्र संसार महर्जनलाई ‘लुमन्ति ज्याझ्वः’मार्फत श्रद्धाञ्जली

किर्तिपुर — नेपाःया (नेवारी) गीतसंगीत, कला र मनोरञ्जनको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका अमर स्रष्टा स्वतन्त्र संसार महर्जनको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम ‘लुमन्ति ज्याझ्वः’ शुक्रबार किपूस्थित कीर्तिपुर सिनेप्लेक्स हलमा आयोजना गरियो।
कार्यक्रमको शुरुवात एक मिनेट मौनधारणबाट गरियो र स्वतन्त्र संसार महर्जनको जीवन र योगदानमाथि निर्मित डकुमेन्ट्री पनि प्रदर्शन गरिएको थियो
डकुमेन्ट्री निर्देशक योवन शाक्यद्वारा निर्देशन ,संयोजनमा उजय शाही थिए भने प्रस्तुतकर्ता सुनिल बज्राचार्य थिए।
कार्यक्रममा भाषाशास्त्री र संगीतकर्मी सरिता महर्जन, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, कलाकार मनोज महर्जन, पत्रकार विजयरत्न असंबरे, कलाकार पवन जोशी लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो।
स्वतन्त्र संसार महर्जनद्वारा स्थापित संस्था संसार्स ग्रुप अन्तर्गतका शाखाहरू — संसार्स क्रियशन्स नेपाल, संसार्स अनलाइन टिभी, संसार फाउन्डेशन नेपाल, संसार संगीतालय — को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

स्व. स्वतन्त्र संसार महर्जनले स्थापना गरेको ‘संसार म्युजिक अवार्ड’ नेपाली सांगीतिक क्षेत्रमै एक महत्त्वपूर्ण पहिचान बनेको थियो।
उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत नाम दर्ता गराएका थिए, जुन उनको योगदानको अन्तर्राष्ट्रिय मान्यता हो।

विशिष्ट व्यक्तिहरुको उपस्थित • यल वडा १६ का अध्यक्ष निर्मल रत्न शाक्य
• कीर्तिपुर वडा २१ का अध्यक्ष रबिन्द्र महर्जन

• येँ वडा १८ का अध्यक्ष न्हूच्छे भक्त महर्जन
• संगीतज्ञ रत्न बेहोशी
लगायतका अतिथिहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

गुंला पर्वले गुञ्जायमान स्वयम्भू महाचैत्य

Flute and drum कायगुननि मंकाः खलःबांसुरी व ढोलक पिथने ज्याझ्वःग्वसा खलः सांस्कृतिक कवः

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts