प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले “मातृभाषा पत्रकारिता सम्मेलन” को प्रतिवेदन ग्रहण गर्दै

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मातृभाषा पत्रकारिताले समग्र नेपालको विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आयोजित कार्यक्रममा उहाँले “मातृभाषा पत्रकारिता सम्मेलन” को प्रतिवेदन ग्रहण गर्दै यस्तो धारणा राख्नुभएको हो।

नेवाः पत्रकार राष्ट्रिय दबूले गत जेठ ३० र ३१ गते सम्पन्न गरेको दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको प्रतिवेदन सो अवसरमा सभामुखलाई हस्तान्तरण गरिएको थियो। उक्त सम्मेलनमा नेपालसहित भारत, बंगलादेश लगायतका मुलुकबाट पत्रकारहरूको प्रतिनिधिमूलक सहभागिता रहेको थियो।

सभामुख घिमिरेले मातृभाषा पत्रकारिताको महत्व दर्शाउँदै भन्नुभयो, “देशी–विदेशी पत्रकारको सहभागितामा सम्पन्न सम्मेलनको निष्कर्ष मलाई पनि दिनुस्, कार्यान्वयनमा म साथ दिन तयार छु।”

सम्मेलनको निष्कर्षअनुसार मातृभाषामा सञ्चालित पत्रकारिताले समुदायको भित्री तहसम्म सूचना पुर्‍याउने, समस्याको सही पहिचान गर्ने र समाधानका लागि सशक्त योजना बनाउन कोसेढुङ्गा सावित हुने जनाइएको छ।

कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुनील महर्जन, महासचिव केके मानन्धर, सदस्यद्वय पूर्णभक्त दुवाल र विकास माली सहभागी हुनुहुन्थ्यो।

नेपालका प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यले पत्रकारिता सुरु गरेको १०० वर्ष पुगेको उपलक्ष्यमा उक्त सम्मेलन आयोजना गरिएको हो। पत्रकार राष्ट्रिय दबूले मातृभाषा पत्रकारिता र समावेशी सञ्चारका क्षेत्रमा १३ वर्षदेखि वकालत गर्दै आएको छ। हाल संस्थाका २९ जिल्ला शाखाहरू सक्रिय छन्।

गत वर्ष पनि भुटान, भारत, बंगलादेश र नेपालका पत्रकारको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको थियो।

More From Author

यल लाय्कु मिप्वा लाखे पुच (नाच)

सप्तपुर महाविहार, चिकंबही, च्यासःत्वाः, वडा नं. ९, यलय् परापूर्वकालंनिसें गुँला लछि तक मदिक न्हह्याना वया च्वंगु लुचिद्यो (लक्ष चैत्य) थाय्‌गु परम्परा थुगु दंय् नं व हे वइगु ने.सं. ११४५ दिल्लागा आमाइ (वि.सं. २०८२ श्रावण ८ गते) बिहीवाः निसें जुइगु सूचं ब्युरों उगु लुचिद्यो थाना पुण्य सञ्चय याना बिज्यायत/दिइत श्रद्धालु भक्तजनपिन्त दुनुगलंनिसें मैत्रीपूर्ण इनाप याना च्वना ।लुचिद्यो थाय्गु ई : सुथसिया ६:०० निसें ८:०० ताःतकसप्तपुर महाविहार लुचिद्यो (लक्ष्य चैत्य) थाय्गु मूल समिति चिकंबही, च्यासः त्वाः, वडा नं. ९, यल

Leave a Reply

Your email address will not be published. Required fields are marked *