पाटनको मंगलबजारमा नेवाः महोत्सव सम्पन्न, सहयोगीहरू सम्मानित

ललितपुर, यल नेवाः समाज ललितपुरको आयोजनामा पाटनको ऐतिहासिक मंगलबजारमा सम्पन्न दुईदिने नेवाः महोत्सवले नेवार समुदायको भाषा, कला, संस्कृति तथा मौलिक…

५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङ ले मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि ५…

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

तालिम समापनका अवसरमा मन्तव्य राख्नुहुँदै नेपाल इन्जिनियरिङ एशोसियशनका अध्यक्ष सुभासचन्द्र बरालले यस्ता तालिमले पेशागत क्षेत्रमा प्रभावकारी हुनुका साथै आफ्नो कार्यालय…

ललितपुर । नरहरि घिमिरे लाई ललितपुर जिल्लाका नव नियुक्त प्रमुख जिल्ला अधिकारी (CDO) का रूपमा स्वागत गर्दै आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्लाका समसामयिक विषय, प्रशासनिक अवस्था तथा नागरिक सरोकारका विविध विषयमा पत्रकारहरूले जानकारी गराएका छन् ।

जिल्ला प्रशासन कार्यालय, ललितपुरमा आयोजित कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूले जिल्लाको शान्ति सुरक्षा, सार्वजनिक सेवा प्रवाह, ट्राफिक व्यवस्थापन, अव्यवस्थित सहरीकरण,…

“शैक्षिक गुणस्तर वृद्धि” सम्बन्धी गोष्ठी भरतपुरमा सम्पन्न

भरतपुर/ ११ जेठ, सिर्जनशील नेपाल, भरतपुर वडा नं. १० चितवनको आयोजना तथा भरतपुर महानगरपालिका वडा नं. २६ को आर्थिक सहयोगमा…

“डिजिटल मार्केटलाई कुनै बाउन्ड्रीले छेक्दैन : उपमेयर मंजली शाक्य बज्राचार्य”

ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको युवा तथा महिला उद्यमशील विकास समितिद्वारा आयोजित ई–कमर्श (डिजिटल मार्केटिङ्ग) तालिमको उद्घाटन कार्यक्रम सम्पन्न…

बागमती प्रदेश सरकारले प्रविधिसंगसंगै गुणस्तरीय नैतिक शिक्षालाई जोड दिने नीति लिएको छ – मुख्यमन्त्री बानियाँ

ललितपुर, ९ जेठ: बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारले प्रविधिसंगसंगै गुणस्तरीय नैतिक…

एनआरएनए र ललितपुर उद्योग वाणिज्य संघबीच सम्झौता

ललितपुर । गैरआवासीय नेपाली संघ (NRNA) र ललितपुर उद्योग वाणिज्य संघबीच व्यापार, पर्यटन, संस्कृति तथा लगानी प्रवर्द्धनका लागि महत्वपूर्ण सम्झौता…

काठमाडौंको पुरानो बस्तीमा पसलका साना दरा इतिहास बोकेको सिक्का व्यापार : पुस्तौंदेखिको पेशा संकटमा काठमाडौ/ ४ जेष्ठ:काठमाडौंको पुरानो बस्तीमा पसलका साना दराजभित्र थुप्रिएका पुराना सिक्का, तामाका मुद्रा, चाँदीका टक र समयले खियाएका नोटहरू केवल व्यापारका सामग्री होइनन्, ती इतिहासका जीवित दस्तावेज हुन्। तर यही इतिहास बोकेको व्यवसाय अहिले अस्तित्व जोगाउने संघर्षमा छ।पुराना सिक्का तथा मुद्रा कारोबार गर्दै आएका अनिलराज राजबहाक श्रेष्ठ आफ्नो पुर्खादेखिको पेशा अहिले संकटमा पर्दै गएको बताउँछन्। उनी भन्छन्, “मेरो बाजेदेखिको यो पेशा हो। म आफू १५/१६ वर्षको उमेरदेखि यो पेशामा प्रवेश गरेको हुँ। तर मेरो कार्यकालपछि सन्ततिले यो काम गर्ला जस्तो लाग्दैन।”उनका अनुसार पहिले यो व्यवसाय अहिलेको जस्तो केवल संग्रह वा पर्यटनसँग मात्र जोडिएको थिएन। भारतबाट आउने लाहुरेहरूका लागि पैसाको सट्टापट्टा गर्ने, धितो राखेर ऋण दिने जस्ता कारोबार हुने गर्थे। “त्यो बेला यो मिनी बैंकजस्तै थियो,” उनी सम्झिन्छन्।समयसँगै विदेशी पर्यटकहरूको आगमन बढेपछि पुराना सिक्काप्रतिको आकर्षण पनि बढ्न थाल्यो। विशेष गरी ऐतिहासिक तथा धार्मिक आकृति कुँदिएका सिक्का विदेशी पर्यटक र संग्रहकर्ताले रुचिपूर्वक किन्ने गरेका छन्। “तान्त्रिक र लक्ष्मीको चित्र राखेर बनाइएका सिक्काले पाँच–छ सय वर्ष पुरानो इतिहास झल्काउँछ,” श्रेष्ठ भन्छन्, “डिजाइन हेरेरै पर्यटकहरूले चासो देखाउँछन्।”उनका अनुसार सिक्का केवल धातुका टुक्रा होइनन्, ती सभ्यता र संस्कृतिका प्रतीक हुन्। “लक्ष्मी पूजा गर्ने हाम्रो परम्परा छ। हिन्दु र बुद्ध धर्ममा सिक्काको धेरै ठूलो महत्त्व छ,” उनी भन्छन्, “पुरानो पैसा हस्तान्तरण हुँदै आउँदा इतिहास जीवन्त हुन्छ। पैसाले सभ्यता, संस्कृति र पुरानो इतिहास चिनाउँछ।”तर यही इतिहास संरक्षण गर्ने पेशा अहिले कानुनी जटिलता र पुस्तान्तरणको अभावका कारण धरापमा परेको उनी बताउँछन्। नेपालमा १०० वर्षभन्दा पुराना सिक्काको कारोबार गर्न नपाइने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै श्रेष्ठ भन्छन्, “कानूनले ध्यान दिएन भने यो पेशा संकटमा पर्दै जान्छ।”उनको परिवारमै पनि यो पेशा निरन्तरता दिने अवस्था देखिँदैन। “तीन जना दाजुभाइ र तीन जना दिदीबहिनीमध्ये मैले मात्रै यो काम गरेको हुँ। अरू सबै आ–आफ्नो पेशामा लागिसके,” उनी भन्छन्। उनका छोराछोरीले समेत यो पेशालाई झन्झटिलो र असुरक्षित ठानेर अन्य क्षेत्रमा लागेको उनको भनाइ छ।“यो सधैं चल्ने ठूलो व्यवसाय होइन,” श्रेष्ठ स्वीकार्छन्, “तर यसमा इतिहास छ।”पुरानो मुद्रा कारोबारमा अहिले बिचौलियाको प्रभाव पनि बढेको उनी बताउँछन्। “यो ठाउँमा हामी दुई जनामात्रै यो कारोबार गर्छौं, तर बीचमा बसेर नाफा खाने धेरै बिचौलिया छन्,” उनी गुनासो गर्छन्।उनका अनुसार दुर्लभ सिक्काको संरक्षणसँगै व्यवस्थित कारोबारका लागि सरकारले स्पष्ट नीति र व्यवस्थापन गर्न आवश्यक छ। “दुर्लभ पैसाको संरक्षण र इतिहासको जीवन्तताका लागि सरकारले कानून बनाएर उचित व्यवस्थापन गर्ने हो भने ठीक होला,” उनी भन्छन्, “नत्र यो पेशा लोप हुने अवस्थामा पुग्छ।”सहरको पुरानो गल्लीमा बसेर इतिहास बोकेका सिक्कालाई जोगाइरहेका अनिलराज राजबहाक श्रेष्ठजस्ता व्यवसायीहरूका लागि अहिले सबैभन्दा ठूलो चिन्ता व्यापारभन्दा पनि परम्पराको अन्त्य हो। पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको ज्ञान र इतिहास अब नयाँ पुस्तासम्म पुग्ने कि नपुग्ने भन्ने प्रश्न उनीहरूको मनमा गहिरिँदै गएको छ।—–

समयसँगै हराउँदै गएको ‘सलाखी प्रचलन’ : मरु गणेशका गम्भीर ध्वज जोशीको पुरानो पैसासँग ६ दशक लामो सम्बन्ध

काठमाडौ/ ४ जेठ :काठमाडौंको पुरानो बस्ती मरु इलाछे। साँघुरा गल्ली, परम्परागत घरहरू र इतिहास बोकेका चोकबीच एउटा सानो पसल विगत…

Recent Posts