व्यावसायिक व्यक्ति सम्मान तथा सुशोभन कार्यक्रम सम्पन्न

नेपाल सरकारको निजी क्षेत्र प्रोत्साहन नीतिअन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा तथा नेपाल उद्योग वाणिज्य महासंघको सह–आयोजनामा २०८२ असार ३२ गते, बुधबार काठमाडौंमा एक भव्य “व्यावसायिक व्यक्ति सम्मान तथा सुशोभन कार्यक्रम” सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष श्री रविन्द्र शाक्यलाई मानार्थ CIP (Commercially Important Person) सम्मान प्रदान गरियो। सम्मान उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दामोदर भण्डारीबाट हस्तान्तरण गरिएको हो।

यसै कार्यक्रममा नेपाल हस्तकला महासंघ अन्तर्गतका निम्न व्यवसायीहरू पनि महत्वपूर्ण व्यावसायिक व्यक्ति सम्मानबाट सुशोभित हुनुभयो:

  • श्री नरेशलाल श्रेष्ठ, अध्यक्ष, नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघ
  • श्री पदमरत्न धाख्वा, सञ्चालक, गिफ्ट ल्याण्ड इन्टरप्राइजेज प्रा.लि. — सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने निर्यातकर्ता
  • श्री चन्द्रबहादुर थापा, सञ्चालक, नेशनल एक्सपोट्र्स प्रा.लि. — तेस्रो मुलुकमा सर्वाधिक फेल्टजन्य वस्तु निर्यातकर्ता
  • श्री महेश्वर श्रेष्ठ, CEO, एभरेष्ट फेशन — तेस्रो मुलुक तर्फ एक अर्ब भन्दा बढी निर्यात गर्ने
  • श्री उर्गेन लामा, प्रोप्राइटर, अष्टमङ्गल — चीन निकासीमा तेस्रो स्थान
  • श्री कुवेर सापकोटा, प्रबन्ध निर्देशक, माइन्डफुल क्राफ्ट प्रा.लि. — स्टार्टअप उद्यमी तर्फबाट

यस सम्मानले नेपाली हस्तकला क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आएका उद्यमीहरूको प्रोत्साहन गर्नुका साथै सम्पूर्ण निजी क्षेत्रलाई थप प्रेरित गर्ने विश्वास गरिएको छ।

More From Author

नमूना मच्छिन्द्र हाईस्कूलका श्रध्देय गुरुवर्ग तथा विद्यार्थीहरुका बिगतका संस्मरण अनुभूति आदान प्रदान तथा मैत्रीपूर्ण भेटघाट कार्यक्रम

Kora cycling 2082 ( 2025)

Leave a Reply

Your email address will not be published. Required fields are marked *