ललितपुर २०८२/०३/२८–ः ललितपुर महानगरपालिका -सातौ नगरसभाबाट पारित आगामी आ.व. २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा नगरस्तरीय योजनाको मुख्य कार्यक्रमहरुः
सबै सडक सञ्जालको Web- Based GIS Digital Road Inventory तयार गरी शहरी सडकहरुको Maintenance Plan सँग आवद्ध गर्ने।
पाटन दरबार स्क्वायर, बुङ्गमति, खोकना, सुनाकोठी, नागदह धापाखेल र हरिसिद्धिलाई समेटेर रणनीतिक सांस्कृतिक सडक (Strategic Cultural Road) को रुपमा घोषणा।
Utility Corridor निर्माण गर्न सकिने सडकहरुको पहिचान गरी Piloting को रुपमा थालनी र दीर्घकालीन महत्व बोकेका रणनीतिक सडकहरुको वर्गीकरण गरिने ।
आवश्यक स्थानहरुमा पुल निर्माण गरिने तथा हाल रहेका झोलुंगे पुलहरुको नियमित मर्मत सम्भारको व्यवस्था गरिने ।
रिङ्गरोडको कुसुन्तीमा नेपालमै पहिलो लिफ्ट सहितको अपांगतामैत्री आकाशे पुल निर्माण आगामी आ.व. २०८२/८३ मा सम्पन्न गर्ने गरी बजेट व्यवस्था। साथै पाटन अस्पताल अगाडि आकाशे पुल निर्माण सम्पन्न गरिने।
चक्रपथको धोविघाटमा साइकल सहित आवतजावत गर्न सकिने आकाशे पुल निर्माणको लागि बजेट व्यवस्था गरिएको ।
लगनखेल स्थित बसपार्कलाई व्यवस्थित, सूचनामैत्री तथा यात्रुमैत्री बनाउने।
महानगरभित्र सम्भावना भएका रुटहरुमा साझा बस सञ्चालनका लागि समन्वय गरिने।
जुद्ध वारुणयन्त्रको भवनको यथास्थितिमै पुननिर्माण गरी उक्त परिसरमा रहेको दमकल, एम्बुलेन्स, शववाहन लगायतको पार्किङ्ग व्यवस्था गर्न भवन स्तरोन्नति गरिने ।
“Patan City Does Not Sleep” को अवधारणा अनुसार एउटै छाना मुनिबाट विपद् जोखिम न्युनिकरण/व्यवस्थापनका संयन्त्रहरुको परिचालनको व्यवस्था मिलाइने। DRR Center को समन्वयमा रहने गरी विभिन्न स्थानमा DRR subcenter स्थापना गर्ने। विपद् पुर्वतयारीमा Early Warning System व्यवस्था गरिने।
Groundwater Recharge लाई अभियानको रुपमा अगाडि बढाइने ।
पुल्चोक देखि ग्वार्कोसम्म, जावलाखेलदेखि हरिसिद्धिसम्म, जावलाखेलदेखि बुङ्गमतीसम्म, कानदेवतास्थान-सानेपा-सान्तभवन-धोविघाट-एकान्तकुना सम्म लगायत सवारी चाप अनुसार आवश्यक र उपयुक्त स्थानहरुमा Intelligent Traffic Light विस्तार। साथै चक्रपथ ललितपुर खण्डमा Intelligent Traffic Light जडानको लागि अध्ययन तथा निर्माण गरिने।
नख्खु खोला सौन्दर्याकरण।
पाटन दरवार स्क्वायर, मंगलबजारमा पैदलयात्री तथा साईकल यात्रीहरुलाई प्राथमिकता दिइनेछ। परीक्षणको रुपमा उक्त क्षेत्रलाई “Vehicle Free Zone” घोषणा।
घर नं. लाई भवन अभिलेखीकरण र राजस्व सङ्कलन प्रक्रियामा समेत जोड्ने। आगामी आर्थिक वर्ष देखि राजस्व संकलन Online माध्यमबाट समेत हुने व्यवस्था गरिने।
साथै हरेक वडामा विपद् स्वयंसेवक समूह गठन। विपद्को समयमा खोज उद्धार कार्यमा खटिने स्वयंसेवकहरुलाई प्रोत्साहन स्वरुप उचित पारिश्रमिक / सुविधा।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट हस्तान्तरण भएको बागमती कोरिडोरको सौन्दर्याकरण।
विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन। साइकलको प्रयोगमा वृद्धि गर्न साइकल स्टाण्डको स्थापना तथा साइकल साझेदारी कार्यक्रम।
४० माइक्रोनभन्दा कमका प्लाष्टिकका झोला प्रयोग निषेध। फाइबर, कपडा, कागज वा स्टार्च लगायतका वातावरण मैत्री झोला उत्पादनमा सहजीकरण गर्ने गरी बजेट व्यवस्था गरिनेछ ।
फोहरमैला व्यवस्थापनको लागि अस्थायी ट्रान्सफर स्टेशन थप।
फोहरमैला वर्गीकरण, संकलन तथा ढुवानीको व्यवस्थाका लागि LMC Garbage Alert App र GPS प्रणालीको प्रभावकारी कार्यान्वयन ।
विद्यालय तहका २०८१ को परीक्षाको नतिजालाई आधार वर्ष मानी साविकको नतिजामा कम्तीमा ५ प्रतिशत थप सिकाइ सुधार गर्ने। साथै SEE परिक्षामा GPA ४ ल्याउने विद्यार्थीहरुलाई दिइने पुरस्कारलाई निर्नतरता दिइने।
“एक विद्यालय एक सम्पदा संरक्षण” तथा “हरित विद्यालय कार्यक्रम” सञ्चालन गरिने ।
सामुदायिक विद्यालहरुमा पढ्दै, रमाउँदै, कमाउँदै कार्यक्रम सञ्चालन ।
जेष्ठ नागरिकसँग महानगर” कार्यक्रममा निःशुल्क थेरापी सेवा समेत विस्तार । ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुलाई निमोनिया रोग विरुद्धको खोप। अटिज्म तथा अपाङ्गता भएका व्यक्तिहरुलाई जेष्ठ नागरिकसँग महानगर सम्बन्धी स्वास्थ्य सेवा कार्यक्रममा आवद्ध गर्ने। अटिज्म भएका व्यक्तिहरूलाई निःशुल्क थेरापी सेवा।
विद्युतीय सवदाह गृह निर्माण सम्पन्न गरिने ।
खानेपानीको अभावलाई न्यूनीकरण गर्न विभिन्न स्थानमा खानेपानी ट्याङ्की निर्माण गरिने। साथै सिस्नेरी खोलाको पानीलाई ललितपुरमा ल्याउने सम्बन्धमा आवश्यक समन्वय गरिने ।
नवप्रवर्तन पहिचान/छनोट, इन्क्युबेट, स्टार्टअप र इनोभेसन जस्ता कार्यक्रम आयोजना। व्याज अनुदान मार्फत सरल बिउपूँजी तथा कर्जा प्रवाहको व्यवस्था। साथै सीपयुक्त कालिगढ सूचीकरण र सीपको पुस्तान्तरण।
तरकारी तथा फलफूलको विषादी परीक्षण।
तरकारी बालीको post-harvest सुदृढिकरण तथा बालीहरुलाई संरक्षणका लागि Portable कोल्ड चेम्वरको कूल बुट तथा शित भण्डारको व्यवस्था।
घरपालुवा पशुपन्छीहरुको अभिलेख व्यवस्थित गर्न Animal App |
रेबिज रोग नियन्त्रणमा विशेष जोड दिई सामुदायिक तथा घरपालुवा कुकुरहरुमा निःशुल्क खोप लगाउने व्यवस्था। सामुदायिक कुकुरहरुको बन्ध्याकरण अभियान।
(shramsansar.gov.np) प्लाटफर्मको माध्यमबाट रोजगारदाता र रोजगारी आकांक्षी बीच समन्वय स्थापित गर्ने साथै आन्तरिक रोजगारी प्रवर्द्धनको लागि अनलाइन सीप विकास तालिम प्लाटफर्म निर्माण।
सिफारिस तथा सेवा प्रवाहमा एकरुपताका लागि छुट्टै सफ्टवेयर निर्माण गरी अन्य सम्वद्ध सफ्टवेयरसँग आवद्ध गर्ने। सेवा प्रवाहमा TimeCard को व्यवस्थापन ।
महानगरपालिकाको आधिकारिक वेभसाईटलाई Open Data Standard मा सूचना प्रवाहलाई व्यवस्थित गरिने ।
महानगरलाई IT Hub (Silicon Valley) को रुपमा विकास गर्ने।
सम्पदा क्षेत्र प्रवेश मार्ग पाटनढोकादेखि क्वाल्खुसम्म ढुङ्गा छाप्ने योजनाको सुरुवात ।
सप्तपाताल पोखरी र कमल पोखरी आ.व. २०८२/८३मा सम्पन्न गर्ने गरी बजेट विनियोजन गरिएको।
राजकूलोको ललितपुर खण्डमा सम्पन्न गर्ने गरी बजेट विनियोजन गरिएको।
गोदावरी नगरपालिका खण्डको राजकुलो निर्माणको लागि समेत बजेट विनियोजन ।
राजकुलोको पानीले वर्षातमा वाढी आउने सम्भावनालाई व्यवस्थापन गर्न उक्त क्षेत्रमा ढल निर्माण कार्यलाई प्राथमिकता।
पुल्चोक इन्जिनियरिङ्ग क्याम्पस हाताभित्रको राणाकालिन संरचना पुनर्निर्माणको लागि अध्ययन सम्पन्न भएको र निर्माण गर्ने गरी बजेट विनियोजन गरिएको।
वडा नं. २४ मा रहेको खेलकुद मैदान स्तरोन्नतीको लागि प्राथमिकताका साथ बजेट विनियोजन ।
नागदहको संरक्षणका लागि वरिपरिको जग्गा प्राप्तिका लागि बजेट विनियोजन ।
पलेवाः र न्हु पुखु निर्माण निरन्तरताको लागि बजेट विनिय
