ललितपुर महानगरपालिका वडा नं १६ र थ्री स्टार क्लब तथा रोटरी क्लब अफ यलको सहकार्यमा २०८२ असार ८ गते शनिबार आयोजना गरिएको बृहत निःशुल्क आँखा शिविर निकै प्रभावकारी भएको छ।
यस शिविरमा मोटिबिन्दुको समस्या भएका बिरामीहरूको पहिचान गरी शल्यक्रियाको आवश्यकता देखिएका बिरामीहरूका लागि आज पाटन सामुदायिक आँखा स्याहार केन्द्रमा निःशुल्क शल्यक्रिया गरियो। साथै, बिरामीहरूलाई निःशुल्क चस्मा र औषधि पनि वितरण गरियो।
कार्यक्रममा वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्यले यो कार्य स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्त्वपूर्ण रहेको बताउँदै सामुदायिक सहकार्यबाट यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
शिविरले समुदायमा स्वास्थ्य सेवाको पहुँच बढाउन र आँखा समस्या समाधान गर्न ठोस योगदान पुर्याएको छ।

