निःशुल्क शल्यक्रिया साथै, बिरामीहरूलाई निःशुल्क चस्मा र औषधि

ललितपुर महानगरपालिका वडा नं १६ र थ्री स्टार क्लब तथा रोटरी क्लब अफ यलको सहकार्यमा २०८२ असार ८ गते शनिबार आयोजना गरिएको बृहत निःशुल्क आँखा शिविर निकै प्रभावकारी भएको छ।

यस शिविरमा मोटिबिन्दुको समस्या भएका बिरामीहरूको पहिचान गरी शल्यक्रियाको आवश्यकता देखिएका बिरामीहरूका लागि आज पाटन सामुदायिक आँखा स्याहार केन्द्रमा निःशुल्क शल्यक्रिया गरियो। साथै, बिरामीहरूलाई निःशुल्क चस्मा र औषधि पनि वितरण गरियो।

कार्यक्रममा वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्यले यो कार्य स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्त्वपूर्ण रहेको बताउँदै सामुदायिक सहकार्यबाट यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

शिविरले समुदायमा स्वास्थ्य सेवाको पहुँच बढाउन र आँखा समस्या समाधान गर्न ठोस योगदान पुर्‍याएको छ।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

चोभारको गल्छी काठमाडौं

Free surgery, free glasses and medicine from Lalitpur Metropolitan City 16 Chairman Nirmal Ratna Shakya

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts