आन्तरिक रोजगार प्र्बर्धन संचालन का लागी digital career plateform को समुद्घाटन कार्यक्रम मा महानगरपालिका ०६ का वडा अध्क्ष्य रुपेन्द्र राज शाक्य

आजको दिन हाम्रो युवाशक्तिका लागि एक ऐतिहासिक उपलब्धिको दिन हो। आन्तरिक रोजगार प्रवर्धनलाई सशक्त बनाउने उद्देश्यले सुरु गरिएको Digital Career Platform को समुद्घाटन कार्यक्रम सफल रूपमा सम्पन्न हुन गएकोमा म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु।

विदेशिनु पर्ने बाध्यता अन्त्य गर्दै, देशमै अवसर सिर्जना गर्ने हाम्रो साझा अभियानमा यो प्लेटफर्मले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएको छु। डिजिटल प्रविधिको प्रयोगमार्फत युवाहरूलाई रोजगारी, तालिम र करियर विकासका सम्भावनाहरू एकै ठाउँमा ल्याउने यो प्रयास सराहनीय छ।

ललितपुर महानगरपालिका वडा नं. ०६ को तर्फबाट म प्रतिबद्ध छु—यस्ता कार्यक्रमहरूलाई निरन्तर सहयोग गर्नेछौं, युवाहरूलाई सक्षम बनाउने योजनामा साथ दिनेछौं।

अन्त्यमा, कार्यक्रमको सफल आयोजनमा संलग्न सम्पूर्ण टिमलाई धन्यवाद दिँदै, आगामी दिनहरूमा अझ प्रभावकारी पहलका लागि शुभकामना व्यक्त गर्दछु।

More From Author

आन्तरिक रोजगार प्र्बर्धन संचालन का लागी digital career plateform को समुद्घाटन कार्यक्रम

“Training in carving statues in gemstones”Lalitpur Gold and Silver Businessmen Association Lalitpur

Leave a Reply

Your email address will not be published. Required fields are marked *