आन्तरिक रोजगार प्रबर्द्धन अभियान संचालनका लागि

Digital Career Service Platform को समु‌द्घाटन कार्यक्रममा-

ललितपुर -: ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ‘डिजिटल करियर सेवा प्लेटफर्म’ को उद्घाटन गर्दै आन्तरिक रोजगार प्रवर्द्धन अभियानको महत्त्वबारे जानकारी दिंदै उहाँले भन्नुभयो:
“यस प्लेटफर्मको माध्यमबाट स्थानीय स्तरमै रोजगारीका अवसरहरू सिर्जना हुनेछ। हाम्रो लक्ष्य भनेको ललितपुरका युवालाई आफ्नै शहरमा स्वरोजगार र रोजगार प्राप्त गर्ने वातावरण उपलब्ध गराउनु हो।”

“डिजिटल युगमा हामीले प्रविधिको भरपुर उपयोग गर्दै सेवाहरूलाई सहज, छिटो र प्रभावकारी बनाउने पहल गरेका छौं। यो प्लेटफर्म त्यसको एउटा उत्कृष्ट उदाहरण हो।“रोजगारी मात्र नभई यस अभियानले युवाहरूलाई आवश्यक सीप र तालिम प्रदान गरेर उनीहरूको क्षमता अभिवृद्धि गर्न मद्दत गर्नेछ।“स्थानीय स्रोत र श्रमशक्तिको सही व्यवस्थापन गर्दै दिगो विकासलाई प्राथमिकता दिनु हाम्रो मुख्य लक्ष्य हो।” मेयर महर्जनले यस्तो कार्यक्रमले ललितपुर महानगरपालिकाको आर्थिक विकासमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँले रोजगारीको अवसरहरू सिर्जना गर्न महानगरपालिका र निजी क्षेत्र बीचको सहकार्यको महत्त्व पनि उल्लेख गर्नुभयो।

More From Author

ललितपुर महानगरपालिकाको सातौं नगर सभामा

आन्तरिक रोजगार प्र्बर्धन संचालन का लागी digital career plateform को समुद्घाटन कार्यक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *