ललितपुर महानगरपालिका सातौं नगर सभा

ललितपुर महानगरले आर्थिक वर्ष २०८२÷२०८३को लागि सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार बजेट नगरसभामा प्रस्तुत गरेको छ ।
महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरसभामा बजेट प्रस्तुत गरिन् । चालु खर्च तर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९हजार र पूँजीगत तर्फ ४ अर्ब ६७ करोड ९४ लाख र २३ हजार विनियोजन गरिएको छ । नगरलाई समृद्धि र शुसासन सम्पदा र संस्कृति संरक्षण , दिगो पूर्वाधार, हरियाली प्रबर्द्धन , पर्यावरण, आत्मनिर्भर अर्थतन्त्र , गुणस्तरीय शिक्षा, घर घर स्वच्छ खानेपानी, सामाजिक विकास, स्वास्थ्य युवा रोजगार लगायतका क्षेत्रलाई बजेटले प्राथमिकता दिएको छ ।

More From Author

‘टेक एण्ड पे’ : सबै राजनीतिक दलका प्रमुख सचेतकलाई ‘एसएमएस’ पठाएर अन्तिमपटक खबरदारी

ललितपुर महानगरपालिकाको सातौं नगर सभामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *