नेपालमा व्यवसाय र मानव अधिकारको सन्दर्भमा श्रम आप्रवासन, लैङ्गिक र जलवायु परिवर्तन सम्बन्धी बहु-सरोकारवाला नीति संवाद

नेपालमा व्यवसाय र मानव अधिकारको परिप्रेक्ष्यमा श्रम आप्रवासन, लैङ्गिक समानता, र जलवायु परिवर्तन जस्ता मुद्दाहरूलाई समेट्दै आयोजित बहु-सरोकारवाला नीति संवादमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय शरदसिंह भण्डारीज्यूले आफ्नो सम्बोधनमा महत्त्वपूर्ण विचारहरू प्रस्तुत ।

वैदेशिक रोजगारको चुनौती र अवसर:
श्रमिकहरूको अधिकार सुनिश्चित गर्दै, मर्यादित र सुरक्षित श्रम आप्रवासनलाई प्राथमिकतामा राख्न सरकारको प्रतिबद्धता।

देशको अर्थतन्त्रमा प्रवासी श्रमिकहरूको योगदानलाई सम्मान गर्दै, उनीहरूका लागि नीति, सेवा, र सुरक्षामा सुधार गर्ने योजनाहरू।

श्रमिकहरूको गन्तव्य देशहरूसँग सहकार्य गर्दै उनीहरूको भलाइ र भविष्य सुनिश्चित गर्ने पहल।
महिला श्रमिकहरूको सशक्तीकरण:
महिलाहरूलाई समान अवसर प्रदान गर्दै, उनीहरूको सीप विकास, रोजगार, र उद्यमशीलता प्रोत्साहन गर्ने ।

कार्यस्थलमा लैङ्गिक भेदभाव र हिंसाविरुद्ध कडा नीति र कानूनी प्रावधानहरूको कार्यान्वयन।
जलवायु परिवर्तनबाट सिर्जित चुनौतिहरूलाई अवसरमा बदल्दै, हरित उद्योगहरू र वातावरणमैत्री रोजगारका क्षेत्रहरू विस्तार।
जलवायु परिवर्तनले निम्त्याएको सामाजिक असमानतालाई सम्बोधन गर्दै प्रभावित समुदायहरूलाई सुरक्षित र दिगो रोजगारको लागी ब्यबस्था गर्ने

बहु-सरोकारवालाहरूको साझेदारीमार्फत दिगो विकासका लक्ष्यहरूलाई प्राप्त गर्न सबै पक्षबीच सहकार्य। नीति निर्माण, लागूकरण, र अनुगमन प्रक्रियामा निजी क्षेत्र, नागरिक समाज, र अन्तर्राष्ट्रिय साझेदारहरूको भूमिका।

मन्त्रीज्यूले आफ्नो सम्बोधनमा यी मुद्दाहरूलाई प्राथमिकताका रूपमा व्याख्या गर्दै, यस किसिमको संवादले दीर्घकालीन समाधान निकाल्न मद्दत गर्ने विश्वास व्यक्त ।

More From Author

Jal: Eye and Ear Treatment Center Inaugural program जलः आँखा तथा कान उपचार केन्द्रउदघाटन कार्यक्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (२०८२/०३/०६) दिउँसो–४ बजे ललितपुरको ग्वार्को चोकमा स्थापना भएको देशकै पहिलो फ्लाइओभर पुल औपचारिक रूपमा उद्घाटन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *