पाटन संग्रहालयमा ‘शिव ताण्डव’ म्युजिक भिडियो सार्वजनिक

ललितपुर असोज ४ -ः प्रसिद्ध उद्योगपति एवं उद्योग वाणिज्य संघकी पूर्व अध्यक्ष वन्दना राणाको प्रयासमा निर्माण गरिएको ‘शिव ताण्डव’ म्युजिक भिडियो आइतबार ललितपुरस्थित पाटन संग्रहालय परिसरमा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ‘शिव ताण्डव’ म्युजिक भिडियोको औपचारिक विमोचन गरेका हुन्। कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएन) का पूर्व अध्यक्ष उपेन्द्र महतोलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, कलाकार, उद्योगी–व्यवसायी तथा संगीतप्रेमीहरूको उपस्थिति रहेको थियो।

भगवान् शिवप्रति समर्पित भक्तिमय प्रस्तुतिका रूपमा तयार गरिएको ‘शिव ताण्डव’मा भवानी राणा र सरस्वती खत्रीको स्वर रहेको छ। गीतको संगीत तथा एरेन्जमेन्ट सुर सुधा सुरेन्द्रले गरेका छन्।

कार्यक्रममा ‘शिव ताण्डव’ म्युजिक भिडियो निर्माणको उद्देश्य, यसको सांगीतिक पक्ष तथा भगवान् शिवप्रतिको भक्तिभाव प्रस्तुत गर्ने प्रयासबारे चर्चा गरिएको थियो। सहभागीहरूले नेपाली संगीत क्षेत्रमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुमा आधारित सिर्जनाले मौलिक कला, संस्कृति र परम्परालाई थप उजागर गर्न सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए।

Screenshot

पाटन संग्रहालयको ऐतिहासिक तथा सांस्कृतिक परिवेशमा आयोजित कार्यक्रममा म्युजिक भिडियोको प्रस्तुतिसँगै कलाकार तथा निर्माणमा संलग्न व्यक्तिहरूको योगदानको समेत चर्चा गरिएको थियो। समारोहमा उपस्थित अतिथि तथा दर्शकहरूले ‘शिव ताण्डव’लाई सांस्कृतिक र भक्तिमय प्रस्तुतिका रूपमा स्वागत गरेका थिए।

More From Author

ऐतिहासिक शारदा पुस्तकालय पुनः सञ्चालनमा संस्कृति शिरोमणि हरिराम जोशीद्वारा उद्घाटन

Leave a Reply

Your email address will not be published. Required fields are marked *