पाँच दिने स्तन क्यान्सर स्क्रिनिङ क्याम्प सफलतापूर्वक सम्पन्न

ललितपुर महानगरपालिका वडा नम्बर १६ र रोटरी क्लब अफ पाटन हेरिटेजको सहकार्यमा आयोजित पाँच दिने स्तन क्यान्सर स्क्रिनिङ क्याम्प सफलतापूर्वक सम्पन्न भएको छ।

वडा स्वास्थ्य कार्यालय समिति, धौगल बजारमा कात्तिक २२ गतेदेखि सुरु गरिएको क्याम्प बिहीबार सम्पन्न गरिएको हो। क्याम्पमा ४० देखि ६० वर्ष उमेर समूहका १७० भन्दा बढी स्थानीय महिलाले निःशुल्क स्तन क्यान्सर स्क्रिनिङ तथा परामर्श सेवा प्राप्त गरेका छन्।

रोटरी क्लब अफ पाटन हेरिटेजका अध्यक्ष प्रदीप श्रेष्ठका अनुसार सेवाग्राहीको चाप बढेकाले क्याम्पलाई बुधबार र बिहीबार गरी दुई दिन थप गरिएको थियो। उनका अनुसार महिलामा स्तन क्यान्सरको प्रारम्भिक पहिचान र समयमै उपचारका लागि आवश्यक सचेतना विस्तार गर्ने उद्देश्यले क्याम्प सञ्चालन गरिएको हो।

अध्यक्ष श्रेष्ठले थपे, “रोटरी क्लब अफ पाटन हेरिटेजले स्वास्थ्य, शिक्षा र सरसफाईलगायतका क्षेत्रमा निरन्तर सामाजिक सेवा कार्यक्रम गर्दै आएको छ। आगामी दिनमा पनि यस्ता जनस्वास्थ्यसम्बन्धी पहललाई अझ व्यापक बनाइनेछ।”

स्थानीय बासिन्दाले निःशुल्क स्वास्थ्य शिविरबाट समुदायमा स्वास्थ्य सचेतना र सेवा पहुँच दुवै बढेको प्रतिक्रिया दिएका छन्।

More From Author

इप्पानद्धारा ऊर्जा मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण

ललितपुर सुन–चाँदी व्यवसायी संघको १३ औँ वार्षिक साधारण सभा तथा ५ औँ अधिवेशन सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *