खेर गएका बोतलबाट हस्तकलाका सामग्री उत्पादन तालिमको समापन

ललितपुर — नेपाल हस्तकला महासंघको सहयोगमा सञ्चालन गरिएको खेर गएका बोतलबाट हस्तकलाका सामग्री उत्पादन तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ। समापन कार्यक्रममा ललितपुर महानगरपालिका–१६ का अध्यक्षसहित विभिन्न संघ–संस्थाका प्रतिनिधि र अध्यक्षहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका वक्ताहरूले फोहरलाई पुनः प्रयोगमार्फत उपयोगी वस्तुमा रूपान्तरण गर्ने यस्ता पहलले वातावरण संरक्षण र रोजगारी सिर्जनामा योगदान पुर्‍याउने बताएका थिए। सहभागीहरूले तालिमबाट बोतल, प्लास्टिक र पुनःप्रयोग योग्य वस्तुहरूबाट आकर्षक हस्तकलाका सामग्री बनाउन सिकेका छन्।

More From Author

Lalitpur District Savings and Credit Cooperative Association Limited31st Annual General Meeting

इप्पानद्धारा ऊर्जा मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *