‘टक’ काट्ने अर्थात् तामाको पैसा छाप्ने गौरवशाली इतिहास बोकेको यो टक्सारबजार

भोजपुर भाद्र १८-ः
भोजपुरको टक्सार भन्नेबित्तिकै मानिसको मनमा हस्तकला र धातुकलाको पुरानो ऐतिहासिक झल्को जागृत हुन्छ। नेपालकै पहिलो तामाको ‘टक’ काट्ने अर्थात् तामाको पैसा छाप्ने गौरवशाली इतिहास बोकेको यो टक्सारबजार पछिल्ला वर्षहरूमा फेरि गुलजार बन्न थालेको छ।

कहिल्यै नओइलाने सांस्कृतिक पहिचानसहित धातुकला, हस्तकला र परम्परागत व्यवसायकै आधारमा यहाँको आर्थिक जीवन चल्दै आएको छ। ऐतिहासिक टक्सारलाई चिनाउने तामाका ‘टक’ मात्र होइन, आज पनि तामाका भाँडा, सजावटी सामग्री, धार्मिक धातुजन्य उपकरण र विभिन्न हस्तकला उत्पादनले बजारलाई चहलपहल बनाइरहेको छ।

स्थानीय उद्यमी र व्यवसायीहरूका अनुसार पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढेसँगै बजारको रौनक अझ बढेको छ। यहाँका परम्परागत कला–संस्कृति, ऐतिहासिक पाटी–पौवा, पुराना धातुकला घरधुरी र जीवन्त सांस्कृतिक परिवेशले टक्सारलाई नजिकबाट अनुभव गर्न आउने आगन्तुकलाई लोभ्याउने गरेको छ।

संस्कृति र उद्यमसँगै अब स्थानीय तहले उचित संरक्षण तथा प्रवर्द्धन गरे टक्सारबजार न केवल भोजपुरको पहिचान, बरु राष्ट्रियस्तरकै ऐतिहासिक सम्पदाको केन्द्र बन्न सक्ने स्थानीयको विश्वास छ।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

Jewelry Design and Skill Development Training” with the technical assistance of the German organiza

करिब २८८ वर्ष पुरानो ऐतिहासिक ठूलो घण्टा गम्भीर जोखिममा

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts