काठमाडौं — सवारीसाधनमा अब इम्बोस्ड नम्बर प्लेट अनिवार्य: असोज १ देखि कार्यान्वयन

सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्नुपर्ने निर्णय गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको प्रदेश मन्त्री तथा सचिवस्तरीय विषयगत समितिको बैठकले आगामी २०८२ असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडानको कार्यान्वयन गर्ने निर्णय गरेको हो।

    २०८२ असोज १ बाट देशभर सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य हुने।
    सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड प्लेट जडान गर्नुपर्ने।
    यातायात व्यवस्था विभागले प्राविधिक सहयोग उपलब्ध गराउने।
    गृह मन्त्रालयको समन्वयमा ट्राफिक प्रहरी परिचालन गरी प्रभावकारी नियमन सुनिश्चित गर्ने।

More From Author

मा. श्री इन्द्रबहादुर बानियाँलाई बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीको रुपमा नियुक्त

जेष्ठ नागरिक सम्मान कार्यक्रम र ज्येष्ठ नागरिक अधिकार सम्बन्धी अभिमुखीकरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *