वडा अध्यक्ष अमृतजंग महतको प्रमुख आतिथ्यमा टोल सुधार समिति नखिपोटको पाँचौँ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा श्रवणकुमार सिंह माथेमा चयन


ललितपुर कार्तिक १६-ः ललितपुर महानगरपालिका वडा नं. १४, नखिपोटस्थित टोल सुधार समितिको पाँचौँ साधारण सभा तथा चौथो अधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ।
ललितपुर महानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष श्री अमृतजंग महतको प्रमुख आतिथ्यमा सम्पन्न उक्त साधारण सभा तथा अधिवेशनले श्रवणकुमार सिंह माथेमाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनबाट समितिको अध्यक्षमा श्रवणकुमार सिंह माथेमा, उपाध्यक्षमा देवीदत्त ढकाल, सचिवमा रमेश अधिकारी तथा कोषाध्यक्षमा प्रद्युम्न अधामी चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा श्रीराम थापा, गोकुल थापा, शेरसिंह थापा, सुन्दर बस्नेत, मिलन चाम्लिङ राई, दिलिप बुढा मगर, दिना प्रजापति बज्राचार्य, लक्ष्मीन्त पुन मगर, मनु थक्लुङ लिम्बू, नुतन गुरुङ र पूर्णकली थापा चयन भएका छन्।
नखिपोट क्षेत्रको सामाजिक, सांस्कृतिक तथा सामुदायिक विकासमा टोल सुधार समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। स्थानीयवासीबीच आपसी एकता, सहकार्य र सद्भाव कायम राख्दै टोललाई व्यवस्थित, स्वच्छ र सुरक्षित बनाउने उद्देश्यका साथ समितिले विभिन्न सामाजिक तथा विकासमूलक गतिविधि सञ्चालन गर्दै आएको छ।
नवनिर्वाचित कार्यसमितिले आगामी दिनमा टोलको सरसफाइ, पूर्वाधार विकास, सामाजिक सद्भाव, शान्ति सुरक्षा तथा स्थानीयवासीका साझा समस्याको समाधानका लागि सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

More From Author

३८७ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाचको वराह ख्वापा करिब ५० वर्षपछि जीर्णोद्धार परम्परागत विधिअनुसार जीवन्यास तथा पूजाआजा सम्पन्न, यस वर्षको द्वादशीमा वराह नृत्य प्रदर्शन गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts