
ललितपुर असोज २० -ः ललितपुर महानगरपालिका वडा नं. १६ ले सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक, सरकारी, गैरसरकारी तथा पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका वडाका स्थायी बासिन्दा २१ जना महिला प्रतिभालाई ‘वडा गौरवशाली महिला सम्मान–२०८३’ बाट सम्मान गरेको छ।

वडा नं. १६ मा स्थायी बसोबास गर्दै विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका महिलाको योगदानलाई कदर गर्दै आयोजित कार्यक्रममा कला, संस्कृति, शिक्षा, स्वास्थ्य, खेलकुद, वास्तुकला, इन्जिनियरिङ, फेसन तथा सौन्दर्य, हस्तकला र अन्य सिर्जनात्मक क्षेत्रमा सक्रिय महिलाहरूलाई सम्मान गरिएको हो।
सम्मानित हुनेहरूमा १)विशाखा शाक्य -(चर्या नृत्य)
२) चन्द्रशिला (सुमिका) वज्राचार्यः (पूर्व कुमाही)
३) चनिरा बज्राचार्य (पुर्व कुमारी)
४) एरिका महर्जन (civil Engineer)
५) सुश्री जेनीका श्रेष्ठ (Interior Designer )
६) डा. कृशा शाक्य Physical Medicined Rehabilitation urgeon
७) डा. क्रिस्टिना जोशी (Dr)
८) सुश्री लूजला जोशी (Athletics खेलाडी)
९) मिकिशा महर्जन (SEE 3.96%)
१०) प्रलिशा शाक्य (Miss Newa 1105
११) सुश्री प्रसन्ना बज्राचार्य (Architect)
१२) प्रशंसा शाक्य (Fine Artist)
१३) रचना बज्राचार्य (प्रबन्धक – FIRBJ Creations)
१४) रास्ना बज्राचार्य बज्राचार्य, (Choreographer ) १५) रोजिना बज्राचार्य (Physiotherapist) कथक)
१६। सलिना नापिता (नापित पेशा)
(श्री कुमारी) १७) कुमारी समिता बज्राचार्य
१८) स्वर्विमा शाक्य (Architect)
तिसा शाक्य (Miss Newa 1446) १९) उषा बज्राचार्य
२१) डा. युनिका मुन्मी (Physical Medicine Rehabilitation २२)संहिता शाक्य International icon award 2026
कार्यक्रममा वडा नं. १६ का सल्लाहकार समितिका संयोजक धर्मेन्द्र शाक्यले वडा कार्यालयले विभिन्न समिति तथा संस्थालाई उत्साहित गर्ने कार्य गर्दै आएको बताए। उनले वडाका विभिन्न क्षेत्रमा भएका गतिविधि र योगदानलाई समेटेर पाँच वर्षे स्मारिका प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिए।
नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले समाजमा आफूहरूसँग भएका उपलब्धि र सम्भावनालाई बेवास्ता गर्दै नभएका कुराको मात्र गुनासो गर्ने प्रवृत्ति रहेको बताए। वडा नं. १६ ले स्थानीय प्रतिभालाई अपनत्व दिएर सम्मान गर्नु सकारात्मक पक्ष भएको उल्लेख गर्दै उनले यस्ता सम्मानले सम्मानित व्यक्तिको मात्र नभई समग्र वडाको मूल्य र पहिचान बढाउने बताए।
“हामीसँग भएको कुरालाई नहेर्ने र नभएको कुराको दुःखेसो पोख्ने प्रवृत्ति छ। वडा नं. १६ ले अपनत्व दिएको छ। अब यसको मूल्य बढ्छ। यी प्रतिभा वडा नं. १६ को सम्पत्ति र गौरव हुन्,” उनले भने।
कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुर महानगरपालिका वडा नं. १६ का अध्यक्ष निर्मलरत्न शाक्यले वडा नं. १६ कला, संस्कृति, धर्म, बौद्धिक क्षेत्र तथा हस्तकलालगायत विविध क्षेत्रमा समृद्ध रहेको बताए।
उनले ललितपुर महानगरपालिकाका २९ वडामध्ये वडा नं. १६ मा विभिन्न क्षेत्रमा उल्लेखनीय प्रतिभाहरू रहेको उल्लेख गर्दै भने, “१६ वडामा के छैन? कला, संस्कृति, धर्म, बौद्धिक क्षेत्रदेखि हस्तकलासम्म अनुकरणीय छ। यहाँ विभिन्न प्रतिभा फुलेका छन्, थुप्रै सुगन्धित फूलहरू फुलेका छन्।”
वडाको जिम्मेवारी नै वडाभित्र रहेका प्रतिभाको पहिचान, प्रोत्साहन र सम्मान गर्नु रहेको अध्यक्ष शाक्यले बताए। युवा महिलाहरूलाई मात्र नभई आगामी दिनमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने पुरुष प्रतिभालाई समेत सम्मान गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
कार्यक्रमको समापन गर्दै वडा नं. १६ की महिला सदस्य तथा कार्यपालिका सदस्य बविता श्रेष्ठले अहिले वडा कार्यालयबाट सम्मानित भएका प्रतिभाहरूलाई आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सम्मानित भएको हेर्न आफूहरू इच्छुक रहेको बताइन्।

“अहिले वडाले सम्मान गरेको छ, भोलिका दिनमा उहाँहरूलाई विश्वले सम्मान गरेको हेर्न पाऊँ। समाजका लागि अझ योगदान गर्नुहोस्,” श्रेष्ठले भनिन्।
उनले सम्मानित महिलाहरूको उपलब्धि र योगदानले वडा नं. १६ को पहिचानलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरिन्।
वडा नं. १६ ले आयोजना गरेको ‘वडा गौरवशाली महिला सम्मान–२०८३’ ले स्थानीयस्तरमा विभिन्न क्षेत्रमा सक्रिय महिलाको योगदानलाई सार्वजनिक रूपमा पहिचान र सम्मान गरेको छ। कार्यक्रममा वक्ताहरूले प्रतिभाको सम्मान र प्रोत्साहनले नयाँ पुस्तालाई आफ्नो क्षेत्रप्रति अझ जिम्मेवार र सिर्जनशील बन्न प्रेरणा मिल्ने धारणा व्यक्त गरेका थिए।
