पश्मिना व्यवसायी संजय अमात्य (श्रेष्ठ) वाणिज्य समूहअन्तर्गत उपाध्यक्ष पदमा उम्मेदवार

Screenshot

ललितपुर -ः नेपाली पश्मिना तथा उच्चस्तरीय फेसन व्यवसायमा दुई दशकभन्दा लामो अनुभव हासिल गरेका व्यवसायी संजय अमात्य (श्रेष्ठ) ले ललितपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा वाणिज्य समूहअन्तर्गत उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

अमात्य भूमि नन्दन कर्माचार्य नेतृत्वको समूहबाट वाणिज्य समूहअन्तर्गत उपाध्यक्ष पदका उम्मेदवार बन्नुभएको हो। उहाँले नेपाली मौलिकता, परम्परागत शिल्प र आधुनिक फेसनलाई संयोजन गर्दै नेपाली पश्मिनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै आउनुभएको छ।

अमात्य Eminence Pashmina तथा Ardor Cashmere को नेतृत्वमा रहेर उच्च गुणस्तरीय पश्मिना उत्पादन तथा बजारीकरणमा सक्रिय हुनुहुन्छ। उहाँले नेपाली पश्मिनाका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने उद्देश्यसहित विभिन्न अन्तर्राष्ट्रिय प्रदर्शनी तथा व्यापारिक कार्यक्रममा सहभागिता जनाउँदै आउनुभएको छ।

लन्डनबाट फेसन तथा टेक्सटाइलमा प्रोफेसनल डिप्लोमा हासिल गर्नुभएका अमात्यले पेरिस, लन्डन, टोकियो, ताइपेई, दिल्ली लगायतका अन्तर्राष्ट्रिय शहरमा आयोजित प्रदर्शनीमार्फत नेपाली पश्मिना उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्नुभएको छ।

व्यवसायिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएका अमात्य पछिल्लो तीन वर्षदेखि ललितपुर उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यका रूपमा समेत संलग्न हुनुहुन्छ। उहाँले संघअन्तर्गत लगानी तथा अन्तर्राष्ट्रिय मामिला समितिको संयोजकको जिम्मेवारीसमेत सम्हाल्दै आउनुभएको छ।

व्यवसायिक अनुभवसँगै अन्तर्राष्ट्रिय बजार, निर्यात, लगानी तथा संस्थागत गतिविधिमा हासिल गरेको अनुभवलाई संघको आगामी नेतृत्वमा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिएको अमात्यको भनाइ छ।

ललितपुर उद्योग वाणिज्य संघको ४७औँ वार्षिक साधारणसभा तथा निर्वाचन–२०८३ अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ। निर्वाचनमा विभिन्न पदमा उम्मेदवारहरूले उम्मेदवारी दिएका छन्।

अमात्यले आफूले व्यवसायिक क्षेत्रको अनुभव, अन्तर्राष्ट्रिय बजारसम्बन्धी ज्ञान तथा संघमा रहेर हासिल गरेको संस्थागत अनुभवलाई उद्योगी तथा व्यवसायीको हितमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

More From Author

ललितपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा आपु लाल अवालेको उम्मेदवारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *